यौन व्यवसायमा संलग्न ५ टीभी अभिनेत्री पक्राउ

मुम्बई (एजेन्सीहरू), असार ८ - भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्‍याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्तियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् । भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए । वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थिएनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए । प्रहरी आफै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो । भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।

radio radio radio
radio radio radio