Watch Program Details
धर्ती संवाददाता
काठमाडौं : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पाल्पास्थित पुख्र्यौली घरमा आज बिहान कुकर बम फेला परेको छ । प्रहरीका अनुसार पाल्पा पोखराथोकस्थित अध्यक्ष रेग्मीको घरमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चासहित झोलामा बम फेला परेको हो ।
सेनाको डिस्पोजल टोलीले दुई लिटरको उक्त प्रेसर कुकर बम डिस्पोजल गरेको छ । बम डिस्पोजल गर्न बुटवलबाट नेपाली सेनाको टोली रेग्मीको घरतिर गएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहान करिब ६ बजेतिर उक्त कुकर बम राखिएको हुन सक्छ ।
अध्यक्ष रेग्मीको घरमा श्रीराम थापाको ९ जनाको परिवार बस्छ । घरमा बम फेला परेपछि नवलपरासीको वर्दघाटबाट आएर बसेको थापा परिवार त्रसित बनेको छ ।