पक्राउ पर्नेमा ३३ वर्षीय महेन्द्र थापा, ४१ वर्षीय खेम आचार्य, ३७ वर्षीय राजकुमार दानी, ४१ वर्षीय लीलाबल्लभ पाण्डे, ३७ वर्षीय लक्ष्मण पोखरेल, ३८ वर्षीय केशर प्रसाई, ३२ वर्षीय गोविन्द पनेरु र ४३ वर्षीय नारायण चापागाई रहेका छन् ।

राज्यको न्यायाधिवक्ता कार्यालयबाट मंगलबार जारी अभियोग पत्रअनुसार सन् २००८ मा ति विद्यार्थीले आफ्नो आर्थिक हैसियतसम्बन्धी दस्तावेज तयार गर्दा जालसाजी गरेका थिए ।
'उनीहरुले आफ्ना सहपाठीसँगै रकम लिएर खातामा जम्मा गरे र बैंक खातामा रहेको रकम आफ्नै भएको दाबी गर्दै त्यसैका आधारमा कागजपत्र निकाले अभियोगपत्रमा भनिएको छ ।' 'भिसा पाएपछि त्यो पैसा उनीहरुले सहपाठिहरुलाई नै फिर्ता गरे ।'
अभियोग प्रमाणित भएमा हरेक विद्यार्थीले फेडेरल जेलमा कम्तीमा १० वर्ष कारावास र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
श्रोतः अन्नपूर्ण पोष्ट