च्याम्पियन्स ट्रफी क्रिकेट: इङल्याण्ड फाइनलमा

 असार ६, एजेन्सी
साउथ अफ्रिकालाई ७ विकेटले पराजित गर्दै इङल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनलमा साउथ अफ्रिकाले दिएको १ सय ७६ रनको लक्ष्य इङल्याण्डले ३८ औं ओभरमा ३ विकेट गुमाएर भेट्टायो । जोनाथन ट्रटले अविजित ८२ रनको योगदान दिएपछि इङल्याण्ड मध्यम लक्ष्य सहजै पुरा गरेको हो । इङल्याण्डका लागि जो रुटले ४८ रनको योगदान गरेका थिए ।

यसअघि टस हारेर व्याटिङ गरेको साउथ अफ्रिका ३९ औं ओभरमा १ सय ७५ रनमा सीमित भएको थियो । डेभिड मिलरले ५६ रन बनाउनुबाहेक साउथ अफ्रिकाका अन्य व्याट्सम्यान फितलो भएका थिए । इङल्याण्डले फाइनलमा इन्डिया र श्रीलंकावीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । इन्डिया र श्रीलंकावीचको सेमिफाइनल आज हुंदैछ ।

radio radio radio
radio radio radio