असार ६, चितवन
त्रिशुली नदीमा पौडी खेल्दा ६ दिन अगाडी वेपत्ता भएका चितवनका ५ जनामध्ये मोनिका रेग्मी आज विहान मृत फेला परेकी छन् । उनको शव आज विहान कविलास गाविस– ५ स्थित केराबारी भन्ने स्थानमा नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । मोनिकाका काकाले शव उनकै भएको पुष्टि गरेका छन् । वेपत्ता अन्य चार जनाको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक लोकवहादुर गुरुङले जानकारी दिनुभयो ।