कतारमा ३ नेपालीको मृत्यु, १३ जना घाइते

काठमाडौं : सडक दुर्घटनामा परी कतारमा रहेका तीनजना नेपाली कामदारको मृत्यु भएको छ । आफू काम गर्ने ठाउँबाट कोठामा फर्कने क्रममा गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परी १३ जना नेपाली कामदार घाइते भएको कतारबाट प्रकाशित हुने अखबार पेनिन्सुलाले जनाएको छ । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा कृष्ण राजबंशी, पसपल धमाला र बृजनाथ पण्डित रहेको उक्त पत्रिकाको अनलाइन संस्करणमा समाचार छ । मृत्यु हुनेहरुको उमेर ३५ देखि ४० वर्ष छ । नेपाली कामदार चढेको गाडी नियन्त्रण बाहिर गएर पल्टिएको थिया् । घटना मंगलबार साँझको हो । उक्त गाडीमा अधिकांश
नेपाली कामदार थिए।


गाडी दुर्घटना भएको ठाउँ । तस्बिर साभार : पेनिन्सुला




radio radio radio
radio radio radio