रवीन्द्र उप्रेती
महोत्तरी, असार ५
महोत्तरीको जलेश्वर समसी सडक खण्डमा पर्ने मनरा पुलनजिक अज्ञात समुहले चलाएको गोली लागि नव विवाहित दम्पति घाइते छन् । घाइते हुनेमा मनरा ६ का ३२ वर्षिय अभय सिंह र उनकी पत्नी २६ वर्षिया सोनमादेवी रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी उपरिक्षक कुमार न्यौपानेका अनुसार अभयको बाँया पाखुरा र सोनमाको दुवै खुट्टामा गोली लागेको छ ।
जनककपुरबाट ज ५ प ५४६० नम्वरको गाडीमा घरतर्फ फर्कदै गरेका सिंह दम्पतीलाई लक्षित गरी अन टेस्ट लेखिएको रातो रङ्गको डिस्कभर मोटरसाइकलमा सवार २ जनाले गोली चलाएका थिए । घाइतेको जनकपुर अंचल असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।