जे .पाण्डे
असार ५, नेपालगञ्ज
हुम्लाको मुचु गाविस ७ मा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भिर घाइते छन् । दुर्घटनामा नागरिक उड्यन प्राविधिकरण हुम्लाका स्टेशन म्यानेजर टेकबहादुर तापालीको मृत्यु भएको छ । गोमा एयरलाईन्सका पाइलट प्रज्वल भट्टराई, को–पाईलट एडी शेर्पा, कर्मचारी गोविन्द लामा, फिस्टेल एरका कर्मचारी दिलक श्रेष्ठ र रसियन पाईलट डेविडको उद्धार गरी उपचारका लागि सिमीकोट अस्पताल ल्याइएको हाम्रा सहकर्मीले जनाएका छन् ।
चीनको सीमा क्षेत्रमा पर्ने हिल्साबाट सिमीकोटका लागि उडेको हेलिकोप्टर अपरान्ह दुर्घटना भएको हो । हेलिकोप्टर दुर्घटना हुनुको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।