निर्दयी आमाद्वारा छोराको अनुहार कैँचीले चटाचट


यो संसारमा यस्ता घटना घट्छन जुन हामि सहजै पत्याउन सकिरहेका हुँदैनौ । आमाहरुका लागि आफ्नो सन्तान त  आफ्नो मुटुभन्दा पनि प्यारो हुन्छ भनिन्छ । तर  सबै आमाहरु त्यस्ता नहुँदा रहेछन् । चीनमा एक निर्दयी आमाले आफ्नो ८ महिने छोराको अनुहार कैँचीले चटाचट काटिदिएकी छिन् । उनले आफ्नो छोरामाथि यस्तो नृसंस व्यवहार गर्नुको कारण छोराले कुनै ठूलो अपराध गरेर होइन ।

विचरा त्यो अबोध बालकले दुध चुस्दा आमाको स्तनको मुन्टु टोकिदिएछ । बच्चाले दुध चुस्दा आमाको स्तन दुख्ने गरी टोक्नु कुनै नौलो कुरा होइन । तर ती निर्दयी आमा बिचरा अवोध छोराको त्यो टोकाइमाथि यसरी खनिइन् की उसको अनुहार तथा सरीरका विभिन्न भागमा ९० पटक कैँचीले चटाचट काटिन् । छोरालाई काटेर ती आमा त्यहाँबाट हिँडिन् ।
त्यो बच्चाको काकाले समयमै घाइते बच्चालाई देखेर अस्पताल पूराएपछि बच्चाको ज्यान जोगियो । काकाले देख्दा त्यो बच्चा रगतको आहालमा डुबेको थियो । चीनको जिंगसु प्रान्तस्थित जुझोउ क्षेत्रमा यो घटना भएको हो । जिआओ बाओले आमाको राक्षसी व्यवहार भोगेको हो । ती महिलालाई पछि पक्राउ गरियो र उनले बच्चाले आफ्नो दुध चुस्ता टोकेका कारण रिस उठेर उसलाई कैँचीले काटेको स्विकार गरेकी छिन् । त्यो बच्चाको सरीरमा लागेका घाउमा १ सय टाँका लगाइएको छ र त्यो बच्चाको स्वास्थ्य अवस्था अहिले सुधार हुने क्रममा रहेको छ ।

स्थानीय बासिन्दाहरुले बच्चा निको भएपछि असुरक्षित हुने भन्दै उसलाई संरक्षण दिन स्थानीय प्रशासन सँग आग्रह गरेपनि स्थानीय प्रशासनले त्यो बच्चासँगै उसका दुइ काका पनि बस्ने भएकाले ऊ अब सुरक्षित हुने दाबी गर्दै बच्चा ग्रहण गर्न अस्विकार गरेको छ ।

ती महिलामा मानसिक समस्या भएको भनिएपनि पुष्टि भएको छैन । स्मरण रहोस् चिनिया युवायुवतीहरुमा मानसिक समस्या बढ्दै गएको र मानसिक समस्या भएकामध्ये ९१ प्रतिशतले स्वास्थ्य उपचार नगराउने गरेका एक अध्ययनले देखाएको छ ।

radio radio radio
radio radio radio