त्यस्तै रोजगारीका लागि ६ बर्ष अघि युएई आएका धरान सुनसरीका उत्तम कुमार राइको युएईको अबुधाबीमा गाडी दुर्घटनामा परी जुन ३० तारिकका दिन ज्यान गयो । ६ बर्ष अगाडी युएई आएका अबुधाबीमा रहेको स्टार सिक्युरिटी कम्पनीमा सिक्युरिटी गार्ड्मा कार्यरत राइको काममा जाने सिलसिलामा कम्पनीको गाडी दर्घटना हुदा ज्यान गएको हो ।
त्यसको अर्को दिन जुलाई १ मा दुबइमा रहेको बर्केली जनरल सर्भिसेस कम्पनी अन्तर्गत बर्केली कम्पनी मार्फत दुबइ बिमानस्थलमा सुरक्षा गार्डको रुपमा कार्यरत भोजपुरका नबीनकुमार राईको हृदयघातका कारण ज्यान गयो । यूएईमा रोजगारीका लागि ८ महिना अघि दुबइ आएका राइ रात्री सेवाको ड्युटी सकेर सोमबार बिहान दुबइको अल्कुजमा रहेको मजदुर क्याम्पमा आएर सुतेका मृत अबस्थामा भेटिएका थिए ।भारत मणीपुर घर भरका नेपालीभाषी राम प्रसाद पोखरेलको जुलाई १ का दिन आत्महत्या गरे । दुवइको जावेल इन्टरनेसनल इन्सूष्टिट अप मेनेजमेन्टमा कार्यरत लास उनकै कोठामा पासो लागेर झुण्डिएको अवस्थामा मंगलवार भेटिएको दुवइ प्रहरीले जनायो । उनी आठ महिना अघि यूएइको दुवइमा वैदेसीक रोजगारका लागि आएका थिए । पोखरेल केहि महिना अघि वढुवा भइ मेनेजर भएका थिए ।
एक नेपाली महिलाको विहिवार जुन महिनाको दोश्रो हप्तामा आपनै कोठामा पासो लागेको अवस्थामा फेला पर्यो । नाम वतन केहि खुल्न नसकेकी ती महिलाको यूएइको सार्जा स्थित अल लिसन एरियामा कपडाको पासो लगाइ सिलीङमा झुन्डिएको अवस्थामा फेला परेको यहाँको प्रहरीले जानकारी दियो । जुनको दोश्रो साता नै तनहुका श्याम गन्दर्वले युएईको सोनापुरमा आत्महत्या गरे । क्लिनरको रुपमा पावर क्लिनिंग कम्पनीमा कार्यरत उनले आत्महत्या गर्नुको कारण भने खुलेन । सन् २०१३ को जुन दोस्रो साता सम्ममा ६ जनाले आत्महत्या गरीसकेका छन् ।
सन् २०१० देखि क्रमस सन् २०१३ को जुनका दोसो साता सम्ममा यूएइमा मर्ने २ सय ३८ मध्ये ७५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । साढे ३ वर्षमा ९० भन्दा धेरे नेपालीले युएईमा आत्महत्या गरिसकेको नेपाली दुतावासको तथ्यांक छ । सन २००४ देखि २०१३ को जुलाई पहिलो साता सम्ममा युएमा ५ सय ५२ जना नेपालीले ज्यान गुमाइ सकेका छन् । विगत साढे नौ वर्षमा ५ सय ५० भन्दा धेरैले यूएमा नेपालीले ज्यान गुमाइ सकेका छन ।















