नाम सिफारिस गर्न काँग्रेसको पनि निर्देशन

काठमाडौ । निर्वाचनका लागि प्रत्येक क्षेत्रबाट ३ जना सिफारिस गर्न नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ जिल्ला तथा क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ । आज पार्टी कार्यलय सानेपामा बसेको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले समानुपातिक तर्फ ५ जना उम्मदेवारहरु सिफारिस गर्न पनि भनेको छ । बैठकले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनका लागि हदैसम्मको लचकता अपनाएको भन्दै स्वागत गरेको छ । बैठकमा श्रमिक विभागका प्रमुख बद्री पाण्डेले श्रमिकहरुका अधिकारबारे कांग्रेसले गर्नुपर्ने कामका बारेमा प्रस्ताव पेश गरेका छन् । प्रस्ताव ट्रेड युनियन कांग्रेसको महाधिवेशनका क्रममा सार्वजनिक गरिने बताइएको छ । बैठकले घोषणापत्र तयारी समितिलाई जनचाहनाअनुसारको घोषणा पत्र तयारी गर्न निर्देशन समेत दिएको छ ।
radio radio radio
radio radio radio