बो सिलाइद्वारा आफ्नो जोडदार बचाउ

चीनका भूतपूर्व शक्तिशाली नेता बो सिलाइले आफुमाथि लगाइएका आरोपहरुको खण्डन गर्दै आफ्नो जोडदार बचाउ गरेका छन्।
पूर्वी शहर जिनानस्थित एउटा अदालतमा करोडौं डलर भ्रष्टाचार गरेको भनि आफु विरुद्ध लगाइएको अभियोगको पनि उनले खण्डन गरेका थिए।
उनी माथि उनकी श्रीमतीले एकजना ब्रिटिश व्यापारीको हत्या गरेको घटनाको ढाकछोप गरेको भन्ने अभियोग पनि लगाइएको छ।
दशकौं यताको सबैभन्दा ठूलो राजनीतिक मुद्दामा बो सिलाइले आफ्नो जोडदार बचाउ गरे।
उनले आफुलाई अपराध स्वीकार्न वाध्य पारिएको आरोप पनि लगाए।
उनले आफ्नी श्रीमती लगायतका साक्षीहरुको बयान विश्वसनीय नभएको पनि दावी गरे।
दुई बर्ष अघिसम्म बो सिलाइलाई चिनियां कम्युनिष्ट पार्टीको शक्तिशाली पोलिटव्युरोको एकजना संभाव्य सदस्यको रुपमा हेरिन्थ्यो। चोङचिङ प्रान्तमा बो सिलाइलाई कम्युनिष्ट पार्टीको एकजना चामत्कारिक नेताको रुपमा पनि हेरिन्थ्यो।
तर गत फेब्रुअरी २०१२ मा एक दशकमा एक पटक हुने चिनियां नेतृत्व परिवर्तनको तयारी हुंदै गर्दा एकजना ब्रिटिश व्यापारी निल हेउडको हत्या प्रकरण सार्वजनिक भयो।
उक्त हत्याकालगि अदालतले बो कि श्रीमती गु काइलाई दोषी भएको ठहरा गरिसकेको छ।
radio radio radio
radio radio radio