अमेरिकामा ध्रुबचन्द्र गौतमको सम्मान

गौतम दाहाल, बाल्टिमोर-अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज,डिसी मेट्रो च्याप्टरले सोमवार साँझ एक कार्यक्रमका बीच वरिष्ठ आख्यानकार गौतमलाई यसरी सम्मान गरेको हो | सो अवसरमा डाक्टर गौतमसंगै नेपालबाट आइपुग्नु भएका वरिष्ठ चलचित्र निर्देशक एवं सर्जक राजेन्द्र शलभलाई पनि सम्मान गरिएको थियो |डिसी नजिकै सिल्भर स्प्रिंगस्थित नेपाली व्यवसायी लोक तिवारीले संचालन गरेको घर-ए-कवाब रेष्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गर्दै खादा पहिराएर डाक्टर गौतमलाई सम्मान गर्नु भएको थियो | यसैगरी राजदूत शर्माले खादा प्रदान गरेर र अन्तराष्ट्रिय साहित्य समाजका संस्थापक एवं बोर्ड अफ ट्रष्टीका संरक्षक होमनाथ सुवेदीले शलभलाई कदर पत्रसहित सम्मान गर्नु भएको थियो |
च्याप्टरका अध्यक्ष प्रकाश नेपालको सभापतित्वमा सम्पन्न सम्मान एवं स्वागत कार्यक्रममा आफ्नो सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै आख्यान सम्राटबाट सम्मानित वरिष्ठ आख्यानकार डाक्टर शर्माले विदेशमा नेपाली भाषा साहित्यप्रेमीहरुका तर्फबाट आफ्नो यो पहिलो सम्मान भएको भन्दै आयोजकहरुलाई धन्यवाद दिनु भएको थियो | प्रमुख अतिथि राजदूत शर्माले विदेशमा नेपालीको पहिचान भनेको नै भाषा र साहित्य हो भन्दै नेपाली भाषा,साहित्यका एक वरिष्ठ व्यक्तित्वलाई सम्मानित गर्न पाउनु गौरबको विषय हो भन्नु भयो |
च्याप्टरकी महासचिव एवं साहित्यकार सीता पाण्डेले संचालन गरेको कार्यक्रममा सर्जकहरु मंजु निरौला,अतिथि राजेन्द्र शलभ,कवि हेमन्त श्रेष्ठ,प्रेम संग्रौला,लोकनाथ तिवारी,होमनाथ सुवेदी लगायतले आ आफ्ना कविता समेत वाचन गरेका थिए |
radio radio radio
radio radio radio