फुचे कलाकार राज अब निर्माता

हास्य टेलिश्रंृखला 'तीतो-सत्य' मा लामो समयदेखि बालकलाकारको भूमिका निर्वाह गर्दै आएका राज आचार्य अहिले पनि श्रृंखलामा अभिनय गरिरहेका छन्। स्कुल जाने बालकको भूमिका निर्वाह गर्दै यो श्रृंखलामा प्रवेश गरेका राज अहिले कलेज पढ्ने किशोरको भूमिकामा देखिँदैछन्। श्रृंखलामा दीपकराज गिरी तथा दीपाश्री निरौलाको छोराको भूमिका निर्वाह गरेर आफ्नो अलग पहिचान बनाएका राज यतिबेला चलचित्र निर्माताका रूपमा समेत व्यस्त छन्। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'लभ फर एभर' का निर्माता राज नै हुन्। उक्त चलचित्रमा उनले अभिनय समेत गरेका छन्। रंगमञ्चको लामो अभिनयपछि सानो पर्दा हुँदै ठूलो पर्दासम्म आइपुगेका शंकर आचार्य यो चलचित्रका निर्देशक हुन्। यो चलचित्र आगामी असारको दोस्रो साता प्रदर्शनमा आउने बताइन्छ।
radio radio radio
radio radio radio